पाल्पामा थप ६७ जनामा कोरोना पुष्टि

तानसेन। पाल्पामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले सिार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एन्टिजेन र पीसिआर विधिबाट गरिएको परीक्षणमा ४६ पुरुष तथा २१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण थपिनेमा सबैभन्दा धेरै तानसे नगर क्षेत्रका रहेका छन् । यसैबीच सोह समयावधिमा ६३ जना भने संक्रमण मुक्त भएका छन् ।

योसंगै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७३४ जना रहेका छन् ।

जसमध्ये १४ जना विभिन्न अस्पतालमा छन भने बाकी होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया