पाल्पा । स्थानीय तहमा पाँच वर्षे अवधि सकिन थालेका बेला पाल्पाका मानवअधिकारकर्मीहले सरकारलाई निर्वाचनको मिति घोषण गर्न माग गरेका छन् ।
पाल्पाका ११ मानवअधिकार सम्वद्ध संस्थाहरुले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत तत्काल निर्वाचनको मिति घोषणा गरी निर्वाचन गराउन ज्ञापन पत्र बुझाएको हो ।
मानव अधिकार रक्षक सञ्जालका अध्यक्षले भगवान भण्डारीले स्थानीय तहमा जनप्रतिनिधि रिक्त नहुने गरी निर्वाचनको तयारी गर्न सरकारलाई अनुरोध गरिएको बताए ।
पाल्पाका सहायक प्रजिअ शशीधर घिमिरेले आफुले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने प्रतिवद्धता जनाएका छन् ।
राजनैतिक अधिकारभित्र नागरिकहरुले स्थानीय तहमा जनप्रतिनिधि छनौट गर्ने अधिकार छ ।
नागरिकको राजनैतिक अधिकार प्रयोग गरी जनप्रतिनिधि छनौटको अधिकार नागरिकलाई प्रदान गर्न अनुरोध गरिएको हो । स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ बैशाख ३१ गते सम्पन्न भएको थियो ।