काठमाडौं।सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिने भएकाे छ।

मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने घाेषणा गरेको हो।

सोनाम ल्होसार तामाङ समुदायकाे  सांस्कृतिक पर्व हाे ।  गृह मन्त्रालयले  जारी गरेकाे  विज्ञप्तिमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।