निस्दीमा अत्यावश्यक बाहेकका सेवा बन्द

तानसेन। पाल्पाको निस्दी गाउँपालिका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ देखिएपछि आगामी माघ २० देखि २३ गतेसम्मको लागि अत्यावश्यक स्वास्थ्य तथा पशु बाहेकका सबै सेवा स्थागन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिए ।

गाउँपालिकामा कार्यरत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुमासमेत कोरोनासंग मिल्दो लक्षण देखा परेको हुँदा थप संक्रमण फैलिन नदिन सेवाहरु स्थागन गरिएको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया