
तानसेन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सिजि कम्पनीको २३ रोपनी जग्गा कब्जा गरेको छ।
जिल्लाकाे रिब्दिकोट गाउँपालिका वडा नं.१ जोगिथुम देउलेफाँटमा रहेको सिजी कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा उक्त समूहले जग्गा कब्जा गरेको जनाएको छ ।
स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजी कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडि देखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरी बेचेको आरोपसमेत पार्टीले लगाएको छ।
जग्गा पीडितका अनुसार कसरी हामीले भोग चलन गरेको जग्गा सिजी कम्पनीमा गयो भन्ने कुरा थाहा नभएको बताएका छन् ।
जग्गाका बारेमा अदालतमा मामिला जाँदा सरकारले न्याय नदिएको गुनासो समेत पीडितले गरेका छन्।
सिजी कम्पनी र स्थानीय जनप्रतिनिधिसंग छलफल गर्दा पनि अटेरी गरेपछि पीडितलाई न्याय दिन उक्त जग्गा कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सेक्रेटरी प्रभातले बताए ।
जग्गा पीडिते न्याय नपाउदा सम्म आफ्नो पार्टीको कब्जा गरेको जग्गा फिर्ता नदिने र धनु कुमालमाथि भवितव्यं केही भएमा स्वयम् सिजि कम्पनी र उसको प्रतिनिधि बाम बहादुर कुमालले जिम्मेवारी लिनुपर्ने पनि सेक्रेटरी प्रभातले बताए ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले विज्ञप्ति नै जारी गरेर जग्गा कब्जा गरेको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ “जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले २३ रोपनि जमिन कब्जामा लिएको छ……..