तानसेन । बगनासकाली गाउँपालिका अन्तरगत वडा नं.७ खानीगाउँमा बर्थिङ्ग सेन्टर सुरु भएको छ ।
गाउँपालिकाको लगानीमा खानीगाउँ स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालनमा ल्याएको हो । स्थानीय महिलाहरुका लागि प्रसुती सेवामा सहजता पुर्याउने उदेश्यले निर्माण गरिएको बर्थिङ्ग सेन्टर बिहीबारदेखि उद्घाटन भएको हाे ।
बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाको खानीगाउँसंगै हालसम्म ४ वटा वडा बर्थिङ्ग सेन्टर संचालन भएको र अव छिट्टै दर्लमडाडाँ र यम्घामा पनि बर्थिङ्ग सेन्टर सुरु गर्न बताए।
उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि गाउँपालिकाले सक्दो पहल गर्ने पनि बताए । बगनासकालीमा यसअघि नै चापपानी, खानिछाँप र नायरनम्तलेस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन हुँदै आएको छन् ।