पाल्पामा १५७ जना संक्रमणमुक्त हुँदा ५० जनामा कोरोना पुष्टि

तानसेन। पाल्पामा पछिल्लो २४ घण्टामा कोरोनाका संक्रमित भन्दा धेरै संक्रमणमुक्त हुने रहेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जना संक्रमित संक्रमण मुक्त भएका हुन् ।

जसमध्ये ८९ जना महिला तथा ६८ जना पुरुष रहेका छन् । जसमध्ये तानसेन नगरपालिका भित्रका सबैभन्दा धेरै ७८ जना, बगनासकालीका २५, रैनादेवी छहरा गाउँपालिकाका १५, रामपुर नगरपालिकाका १४, पूर्वखोला गाउँपालिकाका ९,रिब्दीकोट गाउँपालिकाका ७, रम्भा गाउँपालिकाका ५, माथागढी र तिनाउ गाउँपालिकाका २।२ जना संक्रमणमुक्त भएको स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरलले बताए ।

हालसम्म जिल्लामा ११ हजार ११० जना संक्रमणमुक्त भएको सूचना अधिकारी पोखरेलले बताए । यस्तै पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा १० तथा ९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा हालसम्म २६३ जना संक्रमितको मृत्यु भएको छ भने हाल ६७१ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया