प्राकृतिक स्रोत साधन दोहनमा वाइसियल पाल्पाको ध्यानाकर्षण

तानसेन । पाल्पाका विभिन्न चुनढुङ्गा, कोइला, फलाम र डोलोमाइट खानीबाट हुदै आएको उत्खनन्का क्रममा भएको अनियमियताको बिषयमा वाइसियल पाल्पाले ध्यानार्षण भएको जनाएको छ ।

वाइसियलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो । वित्रप्ति मार्फत भनिएको छ । हाम्रो संगठन, योङ्ग कम्युनिष्ट लिग तिनाउँ गाउँ समितिले गरेको संघर्षका कार्यक्रमहरू प्रति हाम्रो ऐक्यबद्धता जाहेर गर्दछौं ।

पाल्पा जिल्लाका स्थानीय तह निस्दी गाँउपालिकाको ज्यामिरे, माथागढी गाउँपालिकाको रहवास र हात्तिलुृङ, तिनाउ गाउँपालिकाको कोल्डाँडा, मरेक, मस्याम, श्रीडाँडा, कचल र रैनादेवी छहरा गाउँपालिकाको सिद्देश्वरमा संचालित खानीहरूले इआइए रिपोर्ट र माइनिङ स्किम विपरित उत्खनन् गरेको, खानीसँग सम्बन्धित उद्योगहरूले संघीय र स्थानीय सरकारलाई राजस्व नतिरेको, खानीबाट प्रभावित क्षेत्रका नागरिकसँग गरिएको सम्झौता कार्यान्वयन नगरेको, ढुवानी व्यवसायीको समस्या समाधान नगरेको, चुरेक्षेत्रमा खानीका कारण वनक्षेत्र मासिन गई पानीका मुहान सुकेको, बाढी पहिरो गई स्थानीय बासिन्दाको जीवनयापनमा गम्भीर असर देखिएको जस्ता क्रियाकलाप र घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

साथै विज्ञप्तिमार्फत खानीजन्य वस्तुको ढुवानीले सिद्धार्थ राजमार्ग लगायत जिल्लाका सडकहरू क्षतविक्षप्त भई सहज यात्राका लागि प्रतिकुल रहेकाले उपरोक्त समस्याहरू समाधान गर्न र मापदण्ड अनुसार खानी उत्खनन गर्न, सडकको मापदण्ड अनुसार ढुवानीको लागि धर्मकाँटाको व्यवस्था गर्न, सबै खानी उद्योगलाई राजस्व असुल गराउन, स्थानीय नागरिकसँग गरिएका सहमति कार्यान्वयन गर्न ढुवानी व्यवसायी तथा मजदुरहरूको समस्याहरू समाधान गर्न समेत ध्यानाकर्षण गरिएको छ ।

वित्रप्तिमा वाइसियल इन्चार्ज युवराज थापा र अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया