तानसेन। तानसेन नगरपालिका वडा नं. ४ सिलखानटोलमा एक युवा युवा मृत अवस्थामा फेला परेका छन् ।

तानसेन २ बडिज्ञानटोलमा भाडामा बसेर ज्याला मजदुरी गर्दै आएका ३८ वर्षीय बसन्त गिरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

गिरी तानसेन रिडी सडक खण्ड नजिकै भित्तामा घोप्टो परेको अवस्थामा शनिबार बिहान ८ बजे फेला परेका हुन् ।

मृत्युका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताइ ।

तपाईको प्रतिक्रिया