
काठमाडौं।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आएको मौसमको बदली भोलीदेखि सुधार हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भएपनि भोली देखि मौसममा सुधार आउने छ ।
रातिको समयमा पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
भोलीदेखि भने देशभरको मौसममा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।