पाल्पा। स्याङ्जाको बिरुवा गाउँपालिकामा ग १ झ ५९३९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नं.३ खालिका जिप चालक २६ वर्षीय बेल बहादुर थापा र सोही स्थानका ३२ वर्षीय भेष बहादुर थापा रहेको प्रहरीले जनाएको छ । थापा पनि सोही बोलेरो जिपमा सवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार बिरुवा गाउँपालिका वडा नं.३ धोवादी खालीस्थितमा बोलेरो जिप सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएर घटना बारे थप अनुसन्धान भएरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।