काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए २०७९ साल वैशाख १४ गते र दुई चरणमा गर्ने भए बैशाखकै १४ र २२ गते निर्वाचन गर्नका लागि मिति सिफारिस गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।

यसैबीच ४ जेठमा चुनाव गर्दा संविधानले तोके अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन अवस्था सृजना भएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया