तानसेन-रिडी सडक खण्ड पन्ध्र रात बन्द हुने

तानसेन। तानसेन–रिडी– तम्घास सडक खण्ड मर्मतका लागि १५ दिन बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार आगामी माघ २८ गतेदेखि फागुन १३ गतेसम्म दैनिक साढे छ घण्टाका दरले सडक बन्द हुन लागेको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले दिएको जानकारी अनुसार सो सडक खण्डको रिब्दीकोट गाउँपालिकावडा नं. २ जोर्ते भीर क्षेत्रको कडा चट्टान काट्नका लागि हरेक दिन बेलुका ९ः०० बजेदेखि बिहान ३ः३० बजेसम्म गसम्पूर्ण सवारी आवागमनमा रोक लगाइएको हो ।

सो क्षेत्रमा यसअघि पनि दुई पटक सवारी रोकेर चट्टान काट्ने काम भएको थियो ।

जोर्ते क्षेत्रमा साघुँरो सडक र सडकमा रहेका ढुंगाको समेत सोही अवधिमा व्यवस्थापन गरेर नियमित सवारी संचालनका लागि रातिको समयमा काम सम्पन्न गर्ने योजना रहेको डिभिजन प्रमुख लमसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया