बैंकिङ्ग कसुर गरी फरार रहेका पूर्वखोलाका पुरुष पक्राउ!

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले बैंकिङ्ग कसुर गरी फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाएको छ ।

पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका वडा नंं १ का चन्द्र बहादुर विरकट्टा थापा रहेको प्रहरीले जनाएको छ । थापालाई बैंकिङ्ग कसुरमा जिल्ला अदालत पाल्पाबाट फैसला भई जरिवाना समेत तोकिएको थियो ।

फरार रहेका थापालाई प्रहरीको विशेष टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

विरकट्टालाई अदालतले बैंकिङ्ग कसुर अन्तर्गत एक दिन कैद र दुई लाख ८० हजार जरिवान तोकेको सूचना अधिकारी त्वातीले बताए ।

यसैबीच केही दिन अघि मोटरसाइकल चोरी गरी फरार रहेका एक युवकलाई समेत प्रकाउ गरी अदालत चलान गरेका पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया