तानसेन । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार श्रेष्ठको आफ्नै घरमा आगो ताप्ने क्रममा गत माघ १८ गते दुवै खुट्टा र हात जलेर उपचारका क्रममा आज मृत्यु भएको हो ।
श्रेष्ठको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार हुँदै आएकोमा आज बिहान मृत्यु भएको सूचना अधिकारी त्त्वातीले बताए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।