तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. २ को आरिमगैरा नजिकै एक पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सोही वडाको दिगका ५८ वर्षीय नरबहादुर राना मृत फेला परेका हुन् ।
तानसिङ्गलदेखि सर्देवा जाने कच्ची सडक खण्डदेखि अन्जादी दुई सय ५० मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।