रम्भामा आज शोक बिदा

तानसेन। रम्भा गाउँपालिकाले आज गाउँ कार्यपालिकासहित सबै वडामा शोक बिदा दिएको छ ।

बिहीबार गाउँपालिकाको प्राविधिक पदमा कार्यरत कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै शोक बिदा दिने जानकारी दिएको छ ।

बिहिबार रम्भा गाउँपालिकाको वडा नं. २ सुरुङडाँडास्थित हुँगीबाट ताहुँतर्फ आउदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी रूकुमको भुमे गाउँपालिका वडा नं. ४ का २३ वर्षीय रवीन दमैको घटनास्थलमै मृत्यु भएको थियो ।

दमै भुकम्प सम्बन्धी प्राविधिक कर्मचारीको रुपमा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया