तानसेन। पाल्पामा नाच्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नं–७, रहबास मौलाथरका ४० वर्षीय टलराज नेपाली रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ स्थानीय धनुवा टोलका कृष्ण रानाको छोरीको बिहेमा भोज खान जादाँ नाच्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नाच्ने स्थानबाट सात मिटर तल खसेर घाइते भएका नेपालीलाई नजिकैको घरमा सुताएर राखिएकोमा शनिबार बिहान हेर्दा सुत्ने स्थानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया