तानसेन। पाल्पामा सोमबार बेलुका पिक अप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ जलथरीमा दोभानदेखि मारावासतर्फ जाँदै गरेको लु १ ज १३८२ नम्बरको पिकअप जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जनकारी अनुसार तिनाउ गाउँपालिका वडा नं. २ का ३१ वर्षीया सीता सोमै, सोही स्थानका २८ वर्षीया सीमा पल्ली, ४८ वर्षीया लिला सोमै, ५२ वर्षीया समकली लुइटेल, ३६ वर्षाया गीता बगाले, ४४ वर्षीया निर्मला चिदी र ३३ वर्षीया सीता गाहा रहेका छन् ।
घाइतेहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएरहेको प्रहरीले जनाएको छ । कच्ची सडकको घुम्तीमा जिप ब्याक हुँदा ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
चालकसहित १० जना सवार रहेकोमा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

