
तानसेन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष पाल्पाका ५० विद्यालय छनौट भएका छन् ।
उक्त कार्यक्रम अन्तरगत २, ४ कोठे भवन निर्माण, आइसीटी कार्यक्रमका लागि जिल्लाभरिका ५० विद्यालयहरू छनौट भएका हुन् ।
जिल्लाको तानसेन, रामपुर, निस्दी, पूर्वखोला, माथागढी, रम्भा, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनादेवी छहराका ५० विद्यालय छनौट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
यसरी कार्यक्रममा विद्यायल छनौट भएसंगै सरकारी विद्यायको भौति पूर्वाधार र शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास शिक्षक तथा अभिभावकले लिएका छन् ।