तानसेन। पाल्पामा अदुवा र बेसारको व्यवसायिक उत्पादनका लागि तालिम सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजा, परियोजना कार्यान्वय इकाईले तीन दिने तालिम सुरु गरेको हो । परियोजा संचालन भएका जिल्लाका चार स्थानीय तहका २० जना कृषकलाई सहभागी बनाएर तालिम सुरु भएको इकाई प्रमुख दिपक भट्टराईले जानकारी दिए ।
तालिममा प्रादेशिक कृषि अनुसन्धान निर्देशनालयका वैज्ञानिक बशिष्ठ आचार्यले सहजिकरण गरेका छन् ।
खासगरी पाल्पामा अदुवा र बेसारका लागि राम्रो वातावरण भएको र कृषकलाई ज्ञान सिप र प्राविधिक सहयोग गर्नका लागि तालिम प्रभावकारी हुने विश्वास लिईएको छ । तालिमबाट उत्पादन वृद्धि गर्न अपनाई प्रविधिको ज्ञान तथा अन्य प्राविधिक कुराहरु सिकाइने र प्रशिक्षक आचार्यले बताए ।
पाल्पामा एक दशकअघिसम्म २० करोडबढीको अदुवा निर्यात हुँदै आएकोमा पछिल्ला वर्षहरुमा उत्पादन घटेको र बजार मुल्य समेत कम रहेको हुँदा पुनः उत्पादमा वृद्धि गरी बजारीकरणका लागि पनि इकाईले व्यवस्था गर्नेगरी कार्ययोजना बनेको छ ।