
तानसेन। नेकपा (एस) निकट पेशागत महासंघको पाल्पा अध्यक्षमा मीनप्रसाद बन्जाडे चयन भएका छन् ।
शनिबार तानसेनमा भएको पेशागत महासंघको उपाध्यक्षमा महेश्वर पन्त, महिला उपाध्यक्षमा रश्मी श्रेष्ठ, सचिवमा खिमराज घिमिरे कोषाध्यक्षमा राम प्रसाद भट्टराई चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुजन कार्की, आरबी रायमाझी, सुभास अधिकारी, भवानीशंकर पाण्डेय तथा आवद्ध घटकका अध्यक्षहरू पदेन सदस्य रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा (एस) का केनद्रीय सदस्य यादबबहादुर रायमाझी, नेपाल किसान महासघका रा.स.स. जगन्नाथ नेपाल, नेपाल खेलकुद महासघका सचिवालय सदस्य बसन्त जीआर, युवा संघ केन्द्रीय सदस्य पदम गैरे र केन्द्रीय समिति सचिव अच्युतराज नेपालले शुभकामना प्रकट गरेका थिए ।
कार्यक्रम पेशागत महासघका लुम्बिनी प्रदेश वरिस्ठ उपाध्यक्ष खगराज अर्यालको अध्यक्षता र शिक्षक प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
यसै गरी सोही स्थानमा सम्पन्न शिक्षक भेलाले झलक रायमाझी संयोजक रहेको ३१ सदस्यीय प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।