
तानसेन। मगर दिवसका अवसरमा पाल्पाका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
मगरहरुको बाहुल्यता रहेको जिल्ला भएका कारण स्थानीयको पर्व पनाउन विदा दिएको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाका तानसेन र रामपुर नगरपालिकासहित ६ वटा गाउँपालिकाले बिदा दिएका हुन् ।
बिदा दिनेमा निस्दी, माथागढी, रम्भा र पूर्वखोला गाउँपालिका रहेका छन् । यस्तै बगनासकाली र तिनाउ गाउँपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेका छन् । स्थानीय तहहरुले विज्ञप्ति जारी गर्दै मगर दिवसको अवसरका बिदा दिने निर्णय गरेको जनाएका हुन् ।
स्थानीय तहहरुले एक दिन तथा दुई दिन बिदा दिने निर्णय गरका छन् ।
दश स्थानीय तह रहेको पाल्पामा रामपुर नगर र निस्दी गाउँपालिकाले दुई दिन तथा अन्यले एक दिन बिदा दिने निर्णय गरको जनाएका छन् । जिल्लाका रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले भने बिदा दिएकाे सूचना निकालेका छैनन्।
यसैबीस सबैजसो स्थानीय तहमा मगर दिवसलाई विशेष बनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको मगरसंघ पालपाका अध्यक्ष तेज बहादुर घर्तीले जनाकारी दिए ।
स्थानीय खानाका परिकार खाने तथा ४० औं राष्ट्रिय मगर एकता दिवस सास्कृतिक रुपमा समेत विभिन्न कार्यक्रम गरी मनाउने तयारी भएको मगर संघले जनाएको छ।