विषादी सेवन गर्दा एक बालिकाको मृत्यु

तानसेन। पाल्पामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिकामा वडा नं. ३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको प्रहरीले जनाएको छ।

मृतक परियारले आइतबार मुसा मार्ने विषादी सेवन गरेको परिवारले देखेपछि उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन ल्याउदाअस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया