काठमाडौं। सरकारले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले फागुन १९ गते विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले विज्ञप्ति जारी गरेका हुन् ।

तपाईको प्रतिक्रिया