तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।
जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद सजाय तोकिएका रिब्दिकोट गाउँपालिका वडा नं. ७ का कुल बहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । बाल यौन दुराचारको मुद्धा लागेर फरार रहेका रानालाई प्रहरीले विशेष टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले दिएको जानकारी अनुसार रानालाई आइतबार जिल्ला अदालत पाल्पामा बुझाइएको छ ।
उनलाई जिल्ला अदालतबाट तीन महिना १३ दिन कैद सजाए तोकेको पनि प्रहरीले जनाएको छ ।