पाल्पाका दुई स्थानबाट तीन जना युवा लागूऔषसहित पक्राउ

तानसेन। पाल्पाको दुई स्थानबाट तीन जना युवा लागू औषसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार मंगलबार बेलुका ध २ प ३६९४ नम्बरको मोटरसाइकलमा लागूऔषधसहित बुटवलतर्फ जादै गरेका बाग्लुङ्गको ताराखोला गाउँपालिका वडा नं. १ का २१ वर्षीय नितेष घर्तीमगर र बाग्लुङ्गकै काठेखोला गाउँपालिका वडा नं. ५, का २० वर्षीय मोहन श्रीस पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट नुफ्रिन ३ एम्पुल, डायजेपाम २ एम्पुल, प्रेथोजिन ३ एम्पुल, प्रयोग गरेको डयइजेपाम १ थान र सिरिन्ज २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुलाई प्रहरी चौकी प्रभासबाट खटिएकाे प्रहरीकाे टोलीले पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी हार्थोकले चेकजाच गर्ने क्रममा तानसेनदेखि सर्देवातर्फ जाँदै गरेको ध १ प १०४९ नम्बरको मोटरसाइकलमा सवार युवकको साथबाट पनि लागू औषध बरामद गरेको छ ।

पक्राउ पर्नेमा पर्नेमा बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका वडा नं. ३ का २१ वर्षीय सौरव पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

पुनको साथबाट डायजेपाम २२, नुफ्रिन २०, प्रेथोजिम २२ गरी ६४ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध ओसारप्रसारमा प्रयोग भएका मोटरसाईकल र तीनै जना नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको