पाल्पाली ढाकालाई ब्राण्डिङ्ग गरिँदै

तानसेन। पाल्पाली ढाकालाई अन्तराष्ट्रिय बजारमा ब्राण्डिङ्ग गरिने भएको छ ।

पाल्पामा हाते तानबाट उत्पादित ढाकालाई ब्राण्ड बनाएर उद्यमीशिलतामा विकास गर्न र स्वदेशी कपडाको पहिचान बढाउन लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजनाले पाल्पाली ढाका सङ्घसंगको साझेदारीमा जुटेका छन् ।

नेपाली ढाका समृद्धिका लागि साझेदारी नामक कार्यक्रममार्फत उत्पादित ढाकाको ब्राण्डिङ सुरु गरिने पाल्पाी ढाका संघले जनाएको छ । ब्राण्डिङ्ग नै गरेर प्रमाणित गरी पाल्पाली ढाका कपडालाई तेस्रो मुलुकमा चिनाउने अभियान सुरु भएको नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराउने र भारत तथा तेस्रो मुलुकमा समेत मागका आधारमा यसको विक्रि वितरण गरिने योजनाका साथ सहकार्य गरेका संस्थाहरु लागी परेका छन् ।

सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी पनि गरिसकेको छ । यसैबीच काठमाडौँमा ब्राण्डिङका लागि लोगो प्रदर्शन गरिएको छ ।

केही वर्षअघि कामदारको मीले सुस्ताउँदै गएको पाल्पाली ढाका उत्पादनमा बढवा दिन सीपको विकास भएसंगै अहिले जिल्लाका विभिन्न स्थानमा ढाका उत्पादन सुरु भएको छ ।

हस्तकलाको माध्यमबाट उत्पादन हुने यस्ता वस्तुमा पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोटलयागतका सामग्रीको बजारमा माग बढेको यसको अलवा अन्य सामग्रीहरु पनि पालपाली ढाकाको कपडाबाटै बनाइने ढाका व्यावसायी मनोज पौंडेलले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको