रातकाे समयमा अवैध बालुवा चोरी गर्ने ट्याक्टर नियन्त्रण

तानसेन। रामपुरस्थित निस्दी खोलाबाट अवैध रुपमा बालुवा चोरी निकासी गरेको अवस्थामा एक ट्याक्टरलाई प्रहरीले नियन्त्रण गरेको छ ।

बिहीबार राति अन्दाजी सबा १० बजेको समयमा रापुर नगरपालिका वडा नं.३ निस्दी खोलाबाट बालुवा चोरी गर्दे गर्दा लु ४ त ७६८१ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रण गरेको हो ।

अवैधानिक रुपमा बालुवा लोड गरिरहेको अवस्थामा प्रहरी चौकी केलादीबाट खटिएको प्रहरी सहायन निरीक्षकसहितको गस्ती टोलीले उक्त ट्याक्टर नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि रामपुर नगरपालिकालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले केही दिन अघि पनि सोही क्षेत्रबाट बालुवा गिट्टी चोरी निकासी गर्द गर्दा चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको