पाल्पामा मोबाइल चोरी गर्ने युवती पक्राउ,नगदसहित सुनको सिक्री पनि बरामद

तानसेन। पाल्पामा नगदसहित सुनको सिक्री र मोबाइल चोरी गरी फरार युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. ६ बस्ने २६ वर्षीया वर्षा भाट रहेको प्रहरीले जनाएको छ । सोमबार दिउसो तानसेन नगरपालिको भगवती टोल र बसन्तपुरबाट मोबाइल चोरी गरेको जानकारी दिएसंगै निज भाटलाई प्रहरीले तिनाउ गाउँपालिका वडा नं. झुम्साबाट नियन्त्रण गरेको हो ।

उनले बसन्तपुरमा डेरा गरी बस्ने ३८ वर्षीया मीना थापा र भगवती टोलमा डेरा गरी बस्ने २१ वर्षीया सुमीत्रा न्यौपानेको मोबाइल चोरी गरेको जानकारी प्राप्त भएसंगै खोजतलास गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

उनको साथबाट सोह्र हजार दुई सय पैतालिस नगद, लकेटसहितको सुनको सिक्री, विभिन्न कम्पनीका तीन थान मोबाइल सेट तथा विभिन्न तालामा लाग्ने चाबीको ११ थुप्पामा गरी जम्मा ४८ वटा चाबी बरामद गरिएको जिल्ला सूचना अधिकारी पचभैंयाले बताए ।

निजलाई पाल्पा जिल्ला अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको