काठमाडाैं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।

यस्तै, एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले केहीअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नु पर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा जनाएको छ। 

तपाईको प्रतिक्रिया