काठमाडाैं।हाेलीकाे दाेस्राे दिन तराई-मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएकोमा अाज तराईमा मनाइएकाे हाे ।

सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।

होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ ।

पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा आज तराईमा होलीको नामबाट मनाइँदै छ ।

तपाईको प्रतिक्रिया