
पाल्पा । पाल्पामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका ३ स्थित भुतखोलामा डुबेर रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ बस्ने १८ वर्षिय प्रशन्न पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रबार आफ्ना अन्य तीनजना साथीहरुसँग घुम्न आएका उनी हातमुख धुने क्रममा उक्त खोलामा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता उनको उद्धार गरी उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।