
पाल्पा । पाल्पामा बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रिब्दिकोट गाउँपालिकाकी १४ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ६ का २१ वर्षिय मिन बहादुर गाहालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले शनिबार नियन्त्रणमा लिएको हो ।
गत शुक्रबार साँझ ७ बजेको समयमा बालिकालाई ति युवकले जबरजस्ती करणी गरेको भनि बालिकाकी आमाले जानकारी गराएपछि आरोपित गाहालाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।