
पाल्पा । बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आईतबारदेखि आवेदन खुलेको छ । देशभर १ लाख म्यादी प्रहरी भर्नाका लागि खुलेको आवेदनका लागि पहिलो दिन देशैभरका जिल्ला प्रहरी कार्यालय अगाडि मानिसहरुको बाक्लो भीड लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पा अगाडि पनि आईतबार बिहानैदेखि म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको भीड देखिन्थ्यो । म्यादी प्रहरी हुन् १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुने जनाईएको छ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।
पाल्पामा १ हजार २१ जना म्यादी प्रहरी आवश्यक भएकाेमा पहिलो दिनमै ५ सय जनाबढीले आवेदन फारम भरेका जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ
जिल्ला प्रहरी कार्यालय पाल्पाअघि म्यादी प्रहरीका लागि आवेदन दिन आएकाहरुको भीड [हेर्नुहास् तस्वीरहरु]
- तस्वीरहरु : नयाँधार संवाददाता