गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  रेसुङ्गा नगरपालिका वडा नं–२ निवासी अन्दाजी ५२ वर्षका मोटरसाइकल चालक रामबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सन्तोष चन्द्रले जानकारी दिए ।
दुर्घटना पश्चात घाइते भएका  कुँवरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिवार दिउँसो गुल्मी सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नम्बरको मोटरसाइकल इस्मा गाउँपालिकाको छिनुवा खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा माेटरसाइकलमा सवार रेसुङ्गा नगरपालिका वडा नं–२ कै  ३९ वर्षका रुद्र बिक घाइते भएको प्रहरीले जनाएको छ ।   मोटरसाइकल आफै अनियन्त्रिक भइ सडकबाट करिव ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया