पाल्पा । पाल्पामा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।

धनकुटा पाख्रीबास नगरपालिका ६ फलाते घर भएका अन्दाजी ३३ वर्षका मोहन बस्नेत बुधबार दिउँसो तानसेन नगरपालिका –१४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विगत ७ महिनादेखि अर्थुङ्गास्थित कालीगण्डकी करिडोरमा जे.सि.वि चालकको रुपमा काम गर्दै आएका उनी दिउँसो १२ बजेतिर नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया