
तानसेन। निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दशै स्थानीय तहमा गरी एक मुख्य निर्वाचन अधिकृत र ९ वटा निर्वाचन अधिकृत तोकेको छ ।
जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्ग बहादुर केसीलाई तानसेन नगरपालिकाको निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ ।
यस्तै रैनादेवी छहरा गाउँपालिकाको निर्वाचन अधिकृतमा सहकारी विभाग काठमाडौंका उपसचिव टोलराज उपाध्याय, रिब्दीकोट गाउँपालिकाको निर्वाचन अधिकृतमा शिक्षा विकास निर्देशनालय रुपन्देहीका उपसचिव टिकाराम अर्याल, निस्दी गाउँपालिकाको निर्वाचन अधिकृतमा जिल्ला अदालत पाल्पाका श्रेस्तेदार दुर्गा प्रसाद बस्याल, रामपुर नगरपालिकाको निर्वाचन अधिकृतमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव श्यामप्रसाद श्रेष्ठ तोकेको आयोगले जनाएको छ ।
यस्तै रम्भामा भूमि व्यवस्था तथा अभिलेख विभागका उपसचिव कृष्ण प्रसाद भण्डारी, बगनासकालीमा जिल्ला सरकारी वकिल कार्यालय पाल्पाका न्यायाधिवक्ता रवी न्यौपाने, माथागढीमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभाग काठमाडौंका निर्देशक मिना अर्याल, पूर्वखोलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव मधु अर्याल खनाल, तथा तिनाउ गाउँपालिकाको निर्वाचन अधिकृतमा जिल्ला समन्वय समितिको कार्यालय पाल्पाका समन्वय अधिकारी जनार्दन अधिकारीलाई निर्वाचन आयोग काठमाडौंले निर्वाचन अधिकृतको रुपमा खटाएको आयोगले जनाएको छ ।