स्थानीय तह निर्वाचनः पाल्पामा १४ दल दर्ता

तानसेन। स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ वटा दल दर्ता भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला र्विाचन कार्यालय पाल्पामा १४ वटा दल दर्ता भएका हुन् ।

७४ सालको निर्वाचनमा पाल्पामा जम्मा नौँ वटा दल मात्रै दर्ता भएकोमा यो पटक थप पाचँवटा दल दर्ता भएसंगै आगामी निर्वाचनमा जिल्लाबाट १४ दल निर्वाचनमा सहभागी हुने भएका हुन् ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मागत अर्यालले दिएकाे जानकारी अनुसार पाल्पामा निम्न बमोजिमको राजनैतिक दल दर्ता भएका छन् ।

पाल्पामा दर्ता भएका दलहरू निम्नानुसार छन्ः

१. नेकपा (एमाले)
२. नेपाली काङ्ग्रेस
३. नेकपा (माओवादी केन्द्र)
४. जनता समाजवादी पार्टी
५. नेकपा (एकीकृत समाजवादी)
६. राष्ट्रिय प्रजातन्त्र पार्टी
७. राष्ट्रिय जनमोर्चा नेपाल
८. राष्ट्रिय जनमुक्ति पार्टी
९. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१०. नेकपा माले
११. उन्नत लोकतान्त्रिक पार्टी
१२. मंगोल नेश्नल अर्गनाइजेशन पार्टी
१३. नेपाली कांग्रेस (विपी)
१४. सामाजिक एकता पार्टी

तपाईको प्रतिक्रिया