पाल्पा। पाल्पामा बालिकालाई करणी गरेको आराेपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिनाउ गाउँपालिका वडा नं. १ का ४८ वर्षीय कोशलबहादुर हिस्की रहेको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका भित्र बस्ने १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरेपमा हिस्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
हिस्कीले केही दिनअघि रातिको समयमा बालिकालाई करणी गरेको प्रहरीमा उजुरी परेको थियो ।
सोही आधारमा घटनामा संलग्न पुरुषलाई दोभान प्रहरी चौकीले पक्राउ गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।