पाल्पा । पाल्पामा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन।

आइतबार बिहान  बुटवलदेखि गुल्मीतर्फ जादै गरेको लु १ च ५८४८ नम्बरको सवारी (छोटा हात्ती) रिब्दिकोट गाउँपालिका वडा नम्बर ४ सिलाङ्थोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी हार्थोकका प्रमुख विष्णु कुवरले दिएको जानकारी अनुसार घाइतेको सनाखत हुन सकेको छैन।

दुर्घटना बिहान साढे ११ बजेतिर भएक्क र सवारी सडकदेखि करिब सय मिटर  तल खसेको र उक्त सवारीमा कतिजना सवार थिए भन्ने खोजी जारी रहेको प्रमुख कुवरले बताए ।

घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको र थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया