तानसेन। पाल्पामा नगदसहित मोबाइल र सुन चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं १२लुहुङ्गका २१ वर्षीय शुसिल विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । विश्वकर्माले स्थानीय दिपा पराजुलीको घरमा कमेही नभएको बेला चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी अर्गलीमा चोरीको सूचना पाएपछि निज विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूच्ना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

सूचना अधिकारी त्वातीका अनुसार पक्राउ पर्ने युवकको साथबाट तीा हजार नगद, एक थान मोबाइल सेट र सुनजस्तो देखि गरगहना बरामद गरिएको छ ।

पक्राउ  पर्ने युवकमाथि थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया