तानसेनमा पनि ट्रायल सेन्टर बन्ने

तानसेन। पाल्पाको तानसेनमा यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण सुरु गरेको छ ।

सोमबार श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले ट्रायल सेन्टर निर्माणका लागि तानसेन नगरपालिका वडा ७, ठाँटी क्षेत्रमा शिलान्यास गरी निर्माण सुभारम्भ गरेकी हुन् ।

सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गर्दै मन्त्री ढेंगाले पहाडी जिल्लामा पहिलाे पटक  ट्रायल सेन्टर सुरू भएसंगै  पाल्पासंगै गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुने बताइन् ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाअन्तर्गत रहने केन्द्रमा यस वर्ष ५० लाख बजेट रहेको र साना सवारी सानका लागि ट्रायल सेन्टर निर्माण हुने बताइएकाे छ ।

यस्तै आगामी आर्थिक वर्षमा वर्ष ३ करोड ५० बजेट विनियोजन गरेर साना ठूला दुवै सवारी साधनको ट्रायल र कार्यालयको भवनसमेत यहीँ निर्माण हुने  मन्त्रालयका सचिव दिपक नेपालले  बताए ।

 

जग्गा व्यवस्थापन भइसकेकाले अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर भवनको पनि ठेक्का लाग्ने सचिव नेपालले बताए ।

स्थानीय स्तरमै केन्द्र बन्ने भएसंगै पाल्पाबासी खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया