
तानसेन। पाल्पामा भोलिदेखि टाइफाइट विरुद्धको खोप अभियान सुरु हुने भएको छ । जिल्ला खोप समन्वय समितिले पन्ध्र महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउने जनाएको छ ।
समितिले पत्रकारहरुलाई एक कार्यक्रमका बीच टाफाइड खोप सम्बन्धी जानकारी तथा अभियानको बारेमा जानकारी दिइएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले दिएको जानकारी अनुसार जिल्लाका दशैं स्थानीय तहका गरी ७१ हजार बढी बालबालिका खोप अभियानमा सहभागी हुने भएका छन् ।
नेपालमा टाइफाइट रोगको संक्रमण र जोखिमको दर उच्च अवस्थामा रहेको हुँदा अभियान नै संचालन गरी यसको निवारणका लागि अभियान प्रभावकारी हुने प्रमुख डा. गिरीले बताए ।
१५ वर्ष मुनिका बालबालिकामा ११ गुणा बढी संक्रमण हुने भएकाले अहिले अभियान सुरु गरिएको र बैशाखदेखि नियमित खोपका रुपमा टाइफाइट विरुद्धको खोपले निरन्तरता पाउने गिरीले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्शन विश्वनाथ न्यौपानेले जिल्लाका सबै स्थानीय तहमा गरी ७८० खोप केन्द्र तोकिएको जानकारी दिए । उनले अधिंकाश विद्यालय र साविकका गाउँ विकास समितिमा कम्तिमा एउटा खोप केन्द्र रहने गरी खोप केन्द्रको व्यवस्था मिलाइएको बताए ।
अभियानलाई सफल पार्न १८३ जना स्वास्थ्यकर्मी, ६२२ जना स्वास्थ्य स्वयम्सेविका, १ हजार ७५ जना स्वयम्सेवक, ८१ जना सुपरीवेक्षक, ४५३ जना शिक्षकलाई खटाइएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।
अन्य खोपको तुलनामा यो खोप ९७ प्रतिशत प्रभावकारी रहेको हुँदा सबै बाल बालिकालाई अभियानमा सहभागी गराउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
खोप अभियान जिल्लाका आठ स्थानीय तहमा चैत्रको २३ देखि २८ गतेसम्म संचानल हुने छ भने तिनाउ र बगनासकाली गाउँपालिका चैत्रको २५देखि ३० गतेसम्म संचालन हुने कार्यातालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पत्रकारहरुसंग भएको अभिमुखिकरण कार्याक्रमा जिल्ला खोप समन्वय समितिकी प्रमुख तथा जिल्ला समन्वय समितिकी कार्यवहाक प्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति वुद्धिप्रसाद शर्मा, प्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले अभियानलाई सफन पार्न सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।
यस्तै अभियानका क्रममा बालबालिकामा आउन सक्ने समस्यालाई मध्यजनर गर्दै त्यसबाट समाजमा पुग्ने सन्देशका विषयमा सर्तक हुन पनि सहभागीले जोड दिएका थिए ।