
पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं. ८ मा रामपुर घर घर जाआँै काग्रेस जिताऔं अभियान अन्तर्गत अन्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीको विजय नहुँदासम्म विकास सम्भव नहुने बताईन् ।
तिवारी भन्छिन्, सर्वहाराको पार्टी भनेकाहरुले देश विकास गर्न दिएनन्, जनताको मतलाई कदर गर्न सकेनन् ।
कार्यक्रम बारे जानकारी दिँदै कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति झमन बहादुर राज मगरले कांग्रेस जनताको घरघरमा पुगेर एसिसीबारे रहेका भ्रम तथा कांग्रेसले सत्तामा रहँदा गरेका क्रियाकलापहरु बुझाउनु आवश्यक रहेको बताए ।
सो अवसरमा विपीका विचार, सिद्धान्त तथा नेपाली कांग्रेसको आगामी नीतिका विषयमा प्रदेश सभा क का सभापति राम बहादुर राना, महाधिबेसन प्रतिनिधि हाजिल मिया, प्रवक्ता शोभाकर न्यौपाने, पूर्व पदाधिकारी एवं महासमिति सदस्य देवराज ढकाल, उपसभापति ज्ञान बहादुर गाहा, कृष्ण प्रसाद अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।
यस्तै प्रदेश सदस्य कल्प पौडेलले एमसिसी र यसको औचित्य तथा बिष्णुमाया ढकालले महिलाहरुको नेतृत्वका विषयमा पार्टीका नेताहरुसँग अन्तक्र्रिया गरे ।
कार्यक्रममा धन्यबाद मन्तब्य व्यक्त गर्दै महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्थानीय जनताको असीमित आवश्यकताहरुलाई प्राथमिकीकरण गरेर पुरा गर्नु आवश्यक रहेको बताए । वडा नं. १ का वडा सभापति कालु थापाको स्वागतबाट सुरु भएको कार्यक्रम संचालक नगर सचिव ओम प्रकाश बस्यालले गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।