काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । थुप्रै हिट गीत दिएका गीतकार, संगीतकार एवं एरेन्जर विशाल निरौलाको शब्द, संगीत एवं एरेन्जमा प्रमोदले ‘मुटु चिनेर’बोलको गीतमा स्वर दिएका हुन् । सेन्टिमेन्टल खालको यो गीत आज अर्थात मंगलबारमात्रै सार्वजनिक गरिएको हो ।
भिडियोमा रुचाईएका निर्देशक सुरेन्द्र बसेलको निर्देशनमा तयार ‘मुटु चिनेर’मा मोडलद्धय अर्जुन न्यौपाने र गीता ढुंगानाको अभिनय रहेको छ । अर्जुनले यसअघि ‘जाले रुमाल बैना’, ‘रोगै पिरतीको’ जस्ता केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने गीता म्युजिक भिडियोकी सर्वाधिक ब्यस्तमध्येकी मोडल हुन् । यस भिडियोमा अर्जुन र गीताको केमेष्ट्री सुहाएको देखिन्छ ।
अर्जुन भिडियोमा निकै मेहनत गरेको बताउँदै भिडियोलाई दर्शकले रुचाउनेमा पनि आशावादी रहेको बताउँछन् ।
दिनेश पराजुलीको छायाँकन, नविन निरौलाको छायाँकन रहेको भिडियो ‘विशाल निरौला’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।