
तानसेन। तानसेनको वनदेवी क्षेत्रमा मंगलबार बेलुकादेखि आगलागी भएको छ । तानसेन नगरपालिका वडा नं.५ मा पर्ने देउराली सामुदायिक वनमा बेलुका ५ बजेदेखि सल्केको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
तानसेन नगरपालिकाले फोहोर फाल्दै आएको वनदेवी क्षेत्रको तल्लो भेगदेखि आगो सल्किएको स्थानीयले बताएका छन् । अहिले आगो सल्किदै बस्तीतर्फ आएको छ ।
तानसेन नगरपालिकाबाट दमकलसहितको टोली आगलागी भएको स्थानमा पुगे पनि आगो निभाउन भने सकेको छैन। तानसेन रिडी सडक खण्डसम्म दमकल पुग पनि घोल्सा पानीको र्फोस नपुग्ने हुँदा आगो निभाउन समस्या भएको तानसेन नगरपालिकाका सफाईकर्मी रबीकर श्रेष्ठले बताए ।
अहिले सल्किएको आगो बस्तीसम्म आउन सक्ने हुँदा दमकल राखेर आगो निभाउने तयारी भएको श्रेष्ठले बताए । साही क्षेत्रको माथिल्लो भागमा सोमबार पनि आगलागी भएको थियो ।
वनक्षेत्रमा फालेको फोहरबाटै आगो सल्किएको आगो नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र वन कर्मचारीसहितको टोलीले नियन्त्रण लिएको थियो । सो क्षेत्रमा १४ हेक्टरबढी वनमा क्षति पुगेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
विगतका वर्षदेखि नै अव्यवस्थित फोहोका कारण सो क्षेत्रमा पटक पटक आगलागी हुँदै आएको छ ।