तानसेन । पाल्पाको रानीमहलमा यही चैत्र २४ देखि २६ गतेसम्म हुन लागेको राष्ट्रिय महिला बिच भलिबलको तयारी पुरा भएको छ ।आयोजक संस्था सञ्जय स्मृती प्रतिष्ठानले तानसेनमा पत्रकार सम्मेलन गरी खेलको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले दिएको जानकारी अनुसार सातै प्रदेशबाट नेपाल पुलिस क्लव, एपिएफ क्लव र अन्य क्वलबाट गरी १८ जना महिला राष्ट्रिय खेलाडीले सहभागिता जनाउने छन् ।

करिब ३० लाखको लागतमा आयोजना गर्न लागिएको खेलमा प्रथम पुरस्कार एक लाख नगर, ट्रफी, मेडल र प्रमाण पत्र राखिएको छ । यस्तै दोस्रो दोस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उत्कृष्ट खेलाडीले २० हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खासगरी ऐतिहासिक र पर्यटकीय स्थल रानीमहलको प्रचार-प्रसारमा टेवा पुर्याउले उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानले विगत १० वर्षदेखी विभिन्न सामाजिक कामहरु गर्दै आएको र हाल पाल्पामा पहिलो पटक बिच भलिबलको आयोजना गरेको अध्यक्ष मास्ले बताइन् ।

खेलमा सहभागी हुने खेलाडीका लागि आवज जावत र खान स्नको व्यवस्थाका साथै सम्पूर्ण खेलाडीको दुई लाख बराबरको बीमा समेत आयोजकले गरेको छ । यस्तै प्रतियोगिता संचालन भएको समयावधिमा श्रीनगर यातायात सेवा प्रा.लि.ले सवारीको व्यवस्था समते गरेको छ भने खेलको विभिन्न मिडियाबाट प्रत्यक्ष प्रसारणको पनि व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नायक धिरेन शाक्य, संस्थाका सल्लाहकार अशोकमान महर्जन, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष राजुमा महर्जन, पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने लगायतले पाल्पामा राष्ट्रिय स्तरको खेलको आयोजना हुन आफैमा राम्रो पक्ष भएको र रानीमलल क्षेत्रमा हुने खेलबाट सम्रग जिल्लाकै पर्यटन विकास टेवा पुग्ने अपेक्षा आफूहरुले गरेको भनाई राखेका थिए ।

प्रतियोगितामा अन्तराष्ट्रिय भलिवल रेफ्री गौतम प्रसाद लासिवा, एसियन रेफ्री क्याण्डिडेट विजय केसी र विकास गुरुङ्गलगायतले निर्णायक भुमिका निर्वाह गर्नेछन ।

प्रतियोगिता बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लिग कम नकआउटका आधारमा रानीमहलको प्रांगणमा निर्मित विच कोर्टमा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया