
तानसेन। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ ।
केन्दीय सरकारमा सहभागि रहेका नेपाली काग्रेँस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागि हुने भएका हुन्।
बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय भएको हो । बैठकले चुनावी तालमेलका सम्बन्धमा काग्रेँस सभापति हिमाल दत्त श्रेष्ठको सयोजकत्वमा संयन्त्र निर्माण गरेको छ ।
जसको सदस्यमा नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डे, एकिकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले बताए ।
संयन्त्रले गठबन्धन दलहरु बीच आवश्यक छलफल,परामर्श गर्न हरेक दलबाट ३।३ जना सहभागि हुने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको जनाएको छ ।
हेर्नुहोस विज्ञप्तिः