रानीमहललाई भलिबलको राजधानी बनाउनु पर्छः खेलकुद सचिव रेग्मी

तानसेन। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले ऐतिहासिक र पर्यटकीय गन्तव्य रानीमहललाई भलिबलको राजधानी बनाउन पर्ने बताएका छन् ।

रानीमहलमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय महिला बिच भलिबलको समुद्घाटन गर्दै डा.रेग्मीले तीन तहको सरकारको समन्वयमा खुलकुद क्षेत्रको विकास गर्नुपर्ने बताए ।

उनले पाल्पालाई खेलकुदको हब बनाउन सकिने बताउदै कालीगण्डकीको किनारमा रहेको रानीमहल क्षेत्र बिच भलिबलको लागि राम्रो सम्भावना रहेको छ बताए । डा. रेग्मीले खेलाडी उत्पादन, पूर्वाधार निर्माण तथा क्रियाकलाप बडाउन सके खेल क्षेत्रको विकास हुने र त्यसबाट पर्यटन पर्वद्धन र आर्थीक रुपमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खेल क्षेत्रमा धेरै समस्या रहको भए पनि अहिले मन्त्रालयबाट एक पालिका एक खेल मैदानको कार्याक्रम समेत सुरु भएको हुँदा स्थानीय र प्रदेश सरकारले पनि त्यसमा समन्वय गरेर यसको विकासमा लाग्नुपर्ने उनको भनाई छ ।

सञ्जय स्मृति प्रतिष्ठानको आयोजनमा सुरु भएको खेलमा बिहिबार ६ खेल सम्पन्न भएको छ । जस अन्तरगत लिग चरणका ६ खेल सम्पन्न भएका छन।

बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब दुई खेलमा बिजयी भएको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया